उत्पत्ति. 10. यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे । गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए । अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए । एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए । यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए । कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए । सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए । कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए । तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।” तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए । तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह, र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो । मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्वी, अरकी, सिनी, अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए । कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो । तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए । येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए । एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए । ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए । अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने । एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो । योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, हदोरम, ऊजाल, दिक्ला, ओबाल, अबमाएल, शेबा, ओपीर, हवीला योबाबका पिता बने । तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो । तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए । तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।